फागुनमा निर्जीवन बीमाशुल्क तीन अर्ब ६८ करोड

४ हप्ता अगाडि

काठमाडौँ - फागुन महिनामा निर्जीवन बीमा कम्पनीहरुले तीन अर्ब ६८ करोड रुपैयाँ बराबरको व्यापार गरेका छन् । 

कम्पनीहरुले बीमा प्राधिकरणमा पठाएको तथ्यांकअनुसार सञ्चालनमा रहेको १४ बीमा कम्पनी र तीन लघुबीमा कम्पनीले सो बराबरको व्यापार गरेका हुन् । अघिल्लो वर्षको फागुनमा बीमा कम्पनीहरुको व्यापार दुई अर्ब ८१ करोड रुपैयाँ मात्रै थियो । अहिलेको व्यापार अघिल्लो फागुनको तुलनामा ३१ प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको फागुनमा मात्रै १३ खर्ब ९ अर्ब रुपैयाँ बराबरको बीमांक कायम गरेका बीमा कम्पनीहरुले यो वर्षको फागुनमा बीमांकको आकार १६ खर्ब ६ अर्ब पुर्याएका छन् ।फागुनको व्यापारमा उल्लेख्य सुधार भए पनि यो अवधिसम्मको व्यापारमा भने सामान्य मात्रै सुधार देखिएको छ । बीमा कम्पनीहरुको फागुनसम्मको कुल बीमा शुल्क २६ अर्ब २६ करोड रुपैयाँ छ । अघिल्लो वर्ष फागुनसम्म यस्तो शुल्क २५ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो । 

४ हप्ता अगाडि

प्रतिक्रिया