कामना सेवा विकास बैक र The Ai-la Lounge बीच सम्झौता

४ हप्ता अगाडि

काठमाडौँ - कामना सेवा विकास बैंकले कुमारीपाटी, ललितपुर स्थित The Ai-la Lounge  सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले रेस्टुरेन्टको मेनुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले बैंकको डेबिट\क्रेडिट कार्ड प्रयोग गरी बैंक सँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।


 

४ हप्ता अगाडि

प्रतिक्रिया