लुम्बिनीमा अन्तर्राष्ट्रिय 'शान्ति महोत्सव’ हुँदै

४ हप्ता अगाडि

काठमाडौं - नेपाल पर्यटन बोर्ड, नेपालका लागि चीनको दूतावास, लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी र प्रदेश खेलकुद परिषद् नेपालले यही चैत २३ र २४ गते ‘लुम्बिनीमा शान्ति महोत्सव आयोजना  गरेका छन् ।

नेपाल ओभरसिजले आयोजना गर्न लागेको महोत्सवमा नेपाल ओभरसिज चाइनिज एसोसिएसन ९एनओसीए०, लुम्बिनीस्थित झोङ हुआ गुम्बा र लुम्बिनी होटल एसोसिएसन सह(आयोजक छन्‌। महोत्सवमा लुम्बिनी अन्तरराष्ट्रिय शान्ति म्याराथन, लुम्बिनी अन्तरराष्ट्रिय ध्यान दिवस र लुम्बिनी अन्तरराष्ट्रिय कन्सर्ट गरी तीनवटा महत्वपूर्ण कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ। लुम्बिनीलाई विश्वव्यापी रूपमा ‘विश्व शान्ति र संस्कृतिको पर्यटकीय गन्तव्य’का रूपमा स्थापित गर्ने अपेक्षा रहेको आयोजकको भनाइ छ। गौतम बुद्धको जन्मस्थल लुम्बिनी बौद्ध धर्मालम्बीका लागि पवित्र तीर्थस्थल र प्रमुख पर्यटकीय गन्तव्य हो। नेपाल आउने आगन्तुकहरूले लुम्बिनीलाई विश्वभर ‘शान्ति र बौद्ध धर्मको मुहान’का रूपमा लिन्छन्‌। कार्यक्रमले पर्यटन प्रवर्द्धनका साथै मानवताका लागि शान्तिको सार प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रमको केन्द्र युनेस्को विश्व सम्पदा स्थल लुम्बिनी विकास कोषको परिसरमा हुनेछ। २३ गते बिहान आयोजना हुने अन्तरराष्ट्रिय ध्यान दिवस कार्यक्रम शान्ति बगैँचामा आयोजना हुनेछ। ध्यान शिविरमा १०० जना धर्मगुरु र भिक्षु तथा अन्य गरी ४०० जना सहभागी हुने बताइएको छ। २४ गते साँझ ‘विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय खेलकुद दिवस’ को उपलक्ष्यमा संवाद कार्यक्रम हुनेछ । सोही दिन बिहान लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन लुम्बिनी स्क्वायरबाट सुरु हुनेछ। नेपाल पर्यटन बोर्डको निमित्त प्रमुख नन्दिनी थापाले यो कार्यक्रमले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले त्यसलाई भव्यताका साथ सफल पार्न सबै समक्ष आग्रह गरेकी छिन्।काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ दूतावासका नियोग उपप्रमुख वाङ जिङ ले नेपालको पर्यटन प्रवर्द्धनको अलावा लुम्बिनीमा हुन गरिरहेको कार्यक्रमको माध्यमबाट विश्व शान्ती र बुद्धको जन्मभूमिबारे विश्वलाई जानकारी दिने उद्देश्य रहेको बताए।

धेरै चिनियाँहरू लुम्बिनी भ्रणमामा आउन चाएकोले लुम्बिनी पिस म्याराथन, ध्यान शिविर लगायतका कार्यक्रमले उनीहरूलाई थप आकर्षित गर्ने बताए। नेपाली संस्कृतिको समेत विकासका लागी सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको र चीनबाट समेत त्यहाँका प्रसिद्ध गायिकाले समारोहमा प्रस्तुति दिने उनले बताए। लुम्बिनी अन्तराष्ट्रिय ध्यान दिवसको महत्वबारे प्रकाश पार्दै उनले नेपालले सो दिनलाई अन्तराष्ट्रिय ध्यान दिवसको रूपमा मान्यता दिन संयुक्त राष्ट्रसंघमा लबिङ गर्नुपर्नेमा जोड दिए।नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा पूर्व मन्त्री जीवनराम श्रेष्ठले सन् २०२२ मा शुरू गरिएको ‘पिस फेस्टिभल’ को निरन्तरता रहेको जानकारी दिए। यो पटक बुद्धको समयका कुस्ती र धनुष बाणलाई समेत कार्यक्रममा समेटेको बताए। शान्तिको लागि म्याराथुन, ध्यान, टक शो, सांस्कृतिक कार्यक्रम लगायतले यो क्षेत्रको दिगो विकासका लागी समेत सहयोग पुर्‍याउने दाबी गरे।ओलम्पिक खेलमा संसारका सबै देशका खेलाडी रहे जस्तै यो कार्यक्रमले पनि विश्व समुदायलाई एकै थलोमा ल्याउन सहयोग पुग्ने विश्वासले ओलम्पिक कमिटी पनि सहआयोजक बनेको जानकारी दिए ।
 

४ हप्ता अगाडि

प्रतिक्रिया