बर्सेनी बढ्दै बैङ्किङ कसुरका मुद्दा

४ हप्ता अगाडि

काठमाडौं, – मुलुकमा आर्थिक मन्दी सुरु भएसँगै बैङ्किङ कसुरका मुद्दा पनि बर्सेनी बढ्दै गएका छन् । पोहोर चैत १० गतेदेखि अहिलेसम्म बैङ्किङ कसुरका १३ हजार २७७ वटा मुद्दा दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गत असार ११ गतेबाट देशभरका जिल्ला प्रहरी कार्यालयले बैंकिङ कसुरको मुद्दा दर्ता गर्न थालेका छन् । कार्यालयले आज गरेको पत्रकार सम्मेलनमा प्रहरीका प्रवक्ता डीआईजी भीम ढकालले १ वर्षको अवधिमा जम्मा ५९ हजार ६१ वटा मुद्दा दर्ता भएको जानकारी दिएका छन् ।

 सबैभन्दा धेरै अपराधका घटना काठमाडौँ उपत्यकामा हुने गरेको छ प्हरुलिे जनाएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा एक वर्षको अवधिमा १७ हजार ३९७ वटा घटना र जाहेरी दर्ता गरिएको प्रवक्ता ढकालले जानकारी दिनुभयो । सबैभन्दा थोरै कर्णाली प्रदेशमा १ हजार ९६५ वटा मुद्दा दर्ता भएका छन् । 
 

४ हप्ता अगाडि

प्रतिक्रिया