'सिद्धार्थ भिलासा' ले पायो पाँचतारे स्तरको मान्यता

४ हप्ता अगाडि

काठमाडौँ - सिद्धार्थ हस्पिटालिटी ग्रुपले सञ्चालनमा ल्याएको भैरहवाको 'सिद्धार्थ भिलासा' ले पाँचतारे होटल स्तरको मान्यता पाएको छ।

पर्यटन विभागले हालै होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी स्तरउन्नति गरेको हो। लुम्बिनी प्रदेशमा सञ्चालित उक्त होटललाई पर्यटन ऐनअनुसार पाँचतारा स्तरको होटलमा स्तर वर्गीकरण गरी विभागले इजाजतपत्र दिएको हो।  करिब ५ बिगाहा क्षेत्रफलमा विस्तारित होटलमा एउटा भिलासा भिएक्जुकेटिभ स्विट, २ वटा स्विट, ५ वटा जुनियर स्विट र  ७७ एक्जुकेटिभ डिलक्स  गरी ८५ वटा रूम रहेका छन्। होटलमा साना ठूला गरी पाँचवटा कन्फ्रेरेन्स हल र पाँचवटै रेस्टुरेन्ट आउटलेट छन्। होटलमा एक हजार पाँच सय जना क्षमताको ब्याङ्क्वेट हल रहेको छ। जुन नेपालकै ठूलो ब्याङ्क्वेट हल  हो ।

४ हप्ता अगाडि

प्रतिक्रिया