काठमाडौं- चैत २९ मनकामना स्मार्ट लघुवित्त संस्था लिमिटेडले वार्षिक साधारण सभा बस्ने भएको छ। सभा, होटल पौवा सिद्धार्थनगर–६, रुपन्देहीमा बस्नेछ ।
यस लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने जनाएको छ। साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १६ गते बुक क्लोज गरिसकेको छ। तसर्थ,चैत १५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सन्नेछन्। यो संस्थालाई समता घरेलु लघुवित्तले प्राप्ति गर्ने तयारीमा छ।
प्रतिक्रिया