काठमाडौँ। सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ। कम्पनीले फरक फरक पदका लागि ११ जना योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो।
कम्पनीले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत, सहायक प्रबन्धक, अधिकृत,कनिष्ठ अधिकृत पदहरुमा कर्मचारी माग गरेको हो। तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित सूचना प्रकाशित मितिले ३५ दिनभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।
कम्प्युटरसम्बन्धी राम्रो ज्ञान भएका, व्यक्तिगत सवारी साधन तथा सवारी चालक अनुमति पत्र भएकालाई विशेष प्राथमिकता दिइने कम्पनीले बताएको छ । आवेदन कम्पनीको वेबसाइट http://www.cycnlbsl.org.np/careers मा दिन सकिनेछ।

प्रतिक्रिया