सुन–चाँदीको मूल्य स्थिर

आइतबार, १८ चैत्र २०८०, ११ : २६

काठमाडौं साताको पहिलो दिन अर्थात् आइतबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ ।

शुक्रबार सुनको मूल्य बढेर नयाँ इतिहास कायम गर्दै छापावाला सुनको मूल्य प्रतितोला एक लाख २७ हजार ९०० रुपैयाँ पुगेको थियो ।

उक्त मूल्यमा आज स्थिर रहेको हो । आज प्रतितोला सुनको मूल्य प्रतितोला १ लाख ३० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २९ हजार ४ सय रुपैयाँ कायम भएको छ । साथै, चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला १५ सय २५ रुपैयाँ कायम भएको छ ।

आइतबार, १८ चैत्र २०८०, ११ : २६

प्रतिक्रिया