उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले चार प्रदेशमा भ्रमण

१ महिना अगाडि

काठमाडौँ -  नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले १४ वटै जिल्लाका जिल्ला–नगर उद्योग वाणिज्य संघका कार्यालय सचिवहरुलाई अन्तर प्रदेश भ्रमण थालेको छ ।

शुक्रबारदेखि शुरु भएको भ्रमण मधेस प्रदेशको राजधानी जनकपुर हुँदै आइतबार गण्डकी प्रदेशको सदरमुकाम पोखरा पुगेको छ ।  संघका ३० जना सचिवालय प्रमुखलाई नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेश, जनकपुर उद्योग वाणिज्य संघ, मकवानपुर उद्योग वाणिज्य संघ, उद्योग वाणिज्य महासंघ बाग्मती प्रदेश मा अध्ययन तथा सिकाई अनुभव आदानप्रदान गरिएको छ । जिल्ला-नगर उद्योग वाणिज्य संघका कार्यालय सचिवहरुले मधेस प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौडा र गण्डकी प्रदेशको पोखरासम्म पुगेको अध्ययन तथा सिकाई भ्रमण सम्पन्न गर्ने नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक राधारमण (श्याम) भण्डारीले जानकारी दिए । 

उनले प्रदेश महासंघको स्थापनापछि उनीहरुले गरेका आर्थिक, सामाजिक गतिविधिबारे थाहा पाउन भ्रमण भइरहेको बताए ।नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका कार्यकारी निर्देशक प्रदिप दत्तले श्रम समस्या, कर, भ्याट, उद्योगमैत्री नीति बनाउन आफूहरुले संघ र प्रदेश सरकारसँग निरन्तर छलफलमा रहेको जानकारी दिए । उद्योग वाणिज्य महासंघ बाग्मती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठले कोशी प्रदेशका कार्यालय सचिवहरुलाई महासंघको बाग्मती प्रदेशको गतिविधिबारे जानकारी गराउँदै निकट भविष्यमा महासंघको हेटौँडामा आफ्नै भवन बनाउने गृहकार्य भइरहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यकारी सदस्य वीरेन्द्रकुमार साहले कोशी प्रदेशमा महासंघले कामदारलाई तालिम दिएर करिवब ६ सय जनालाई उद्योगमा रोजगारी दिलाएको बताए ।  नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको उक्त भ्रमण मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेश उद्योग वाणिज्य महासंघसँग अध्ययन तथा सिकाई भ्रमण चैत २० गते विराटनगर फर्कने छ ।

१ महिना अगाडि

प्रतिक्रिया