ताजा समाचार

एसबिआई बैंकको ‘मेरो साथी’एप बन्द ,‘योनो नेपाल एसबिआई’ सुचारु हुँदै

सोमबार, १९ चैत्र २०८०, ०९ : २५

काठमाडौँ- नेपाल एसबिआई बैंकको मोबाइल बैंकिङ्ग एप ‘मेरो साथी’बन्द हुने भएको छ। बैंकले आज एक सूचना जारी गर्दै एप बन्द हुने जानकारी दिएको हो । 

मेरो साथी एपलाई क्रमिक रूपमा आउँदो वैशाख १८ गतेसम्म विस्थापित गरी थप सुरक्षित एवम् उन्नत एप ‘योनो नेपाल एसबिआई’ सुचारु गर्ने बैंकले सूचनामा उल्लेख गरेको छ ।

साथै, मेरो साथी एपबाट उपभोग गर्दै आएका सेवाहरू अब योनो नेपाल एसबिआई एपबाट प्रदान गरिने भएकाले सेवाग्राहीलाई उक्त एप डाउनलोड गरी दर्ता गर्न बैंकले आग्रह गरेको छ ।

nepal sbi bank suchana

सोमबार, १९ चैत्र २०८०, ०९ : २५

प्रतिक्रिया