अन्तराष्ट्रिय बजारमा सुनचादीँको मूल्य प्रतिऔंस २० डलरभन्दा बढी

१ महिना अगाडि

काठमाडौँ। नेपाली बजारमाझै अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य ह्वात्तै वृद्धि भएको छ। पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य प्रतिऔंस २० डलरभन्दा बढीले बढेको छ ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २२.४४ डलरले वृद्धि भएको छ ।  

यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार २५६.७४ डलर पुगेको छ । नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३० हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै अन्तर्राष्ट्रिय बजारमा सुनसँगै चाँदीको मूल्य समेत बढेको छ। चाँदीको मूल्य ०.१६ डलरले बढ्दै प्रतिऔंस २५.१३ डलर कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा यसरी सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै नेपाली बजारमा सुनचाँदीको मूल्य  थप बढ्न सक्ने अनुमान गरिएको छ ।

१ महिना अगाडि

प्रतिक्रिया