प्रतितोला १ लाख ३१ हजार ६०० रुपैयाँ पुग्यो सुन

सोमबार, १९ चैत्र २०८०, ११ : ५८

काठमाडौं- सुनको भाउले पुन नयाँ रेकर्ड कायम गरेको छ । चैत १६ गते १ लाख ३० हजार पुगेर रेकर्ड कायम गरेको सुनको भाउले सोमबार फेरी नयाँ रेकर्ड कायम गरेको हो ।

सोमबार सुनको भाउ १ लाख ३१ हजार ६०० रुपैयाँ तोकिएको छ । सुनको भाउ सोमबार प्रतितोला १ हजार ६०० रुपैयाँ बढेको हो ।

आइतबार छापावाला सुनको भाउ १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको थियो । अमेरिकी डलरको मुल्यमा देखिएको मजवुतिसँगै त्यसको प्रभाव सुनको मुल्यमा पर्दै गएको बिश्लेषकहरुले बताएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजावी सुन प्रतितोला १ लाख ३० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदी प्रतितोला १ हजार ५३५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ५२५ रुपैयाँमा कारोबार भएको थियो । अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अन्तराष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन २ हजार २५८ दशमलव ६८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २५ दशमलव १५ डलरमा कारोबार भइरहेको छ ।अन्तराष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस सुन २ हजार २३२ दशमलव ७५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव ९५ डलरमा कारोबार भइरहेको छ ।

सोमबार, १९ चैत्र २०८०, ११ : ५८

प्रतिक्रिया