८ महिनामा ४ लाख १६ हजार मेट्रिक टन तरकारी आयात

सोमबार, १९ चैत्र २०८०, १४ : ३०

काठमाडौँ - चालु आर्थिक वर्षको ८ महिनामा नेपालीले ४ लाख १६ हजार मेट्रिक टन तरकारी  आयात भएको छ । 

भन्सार विभागका अनुसार आठ महिनामा ४ लाख १६ हजार ८९६ मेट्रिक टन तरकारी आयात भएको हो । सो बापत २१ अर्ब २० करोड ४२ लाख ५० रुपैयाँ खर्च भएको छ । यस्तै सरकारले ३ अर्ब ४९ हजार ९९ लाख २३ हजार रुपैयाँ राजस्व सङ्कलन गर्न सफल भएको छ । आयातित मध्ये अधिकांश भारतीय तरकारी हुन् । सो अवधिमा मात्रै ३ लाख १३ हजार ३३६ मेट्रिक टन भारतबाट आयात भएको विभागको तथ्याङ्क छ । भारतबाट तरकारी आयात गर्दा मात्रै १० अर्ब ८४ करोड २८ लाख ३८ हजार रुपैयाँ खर्च भएको छ । चीन, बङ्गलादेश, इटाली, थाइल्यान्ड लगायत मुलुकबाट १ लाख ३ हजार ५६० मेट्रिक टन तरकारी आयात भएको छ । सो बापत १० अर्ब ३६ करोड १४ लाख १२ हजार रुपैयाँ खर्च भएको विभागको तथ्याङ्क छ । 

 

सोमबार, १९ चैत्र २०८०, १४ : ३०

प्रतिक्रिया