काठमाडौँ - धरान उपमहानगरपालिका - २० का ३९ वर्षीय यमेनहाङ्ग राई फूल व्यवसायी सानैबाट फूलको सौख भएकाले फूल रोप्दा रोप्दै करिब सात वर्ष अघिदेखि घरबारीमा एभरेष्ट नर्सरी फर्म सञ्चालन गर्दै आएका छन् ।
व्यवसायीक रुपमा गाई पालन गर्दै जीविकोपार्जन गर्दै आएपनि पछिल्लो समय गाईहरुमा विभिन्न रोग, दाना, पानी, घाँसमा महँगी बढेसँगै यस पेसाबाट जीविकोपार्जन गाह्रो भएपछि आफैँले स्याहार गरेको फूलहरु पनि धेरै प्रजातिको भएकाले मानिसहरुले सोध्न आउने, माग्न आउने, कतिले किन्नै माग्ने गर्दै आएकाले फूलप्रति नै आकर्षित भएको उनको भनाइ छ । उनले अहिले फूल व्यवसायबाटै सात जनाको परिवार पाल्दै आएको बताए ।
आफ्नो पेसा नै फूल व्यवसायी भएपछि फूलका बिरुवा हेरचाह गर्ने, पानी दिने, नयाँ बिरुवाहरु बनाउने, कलम काट्ने गरेर नै समय बित्छ यस बाहेक धरानमा मेला महोत्सव लागेको समयमा फूलको स्टल राखेर पनि व्यापार गर्ने गरेको उनले बताए।उनले नर्सरीमा छिमेकी देश भारतदेखि थाइल्याण्ड, जापान, जर्मनीलगायत युरोपियनबाट समेत आउने गर्दछ । उनले नर्सरीमा ८० रुपियाँदेखि ८० हजार रुपियाँसम्मको स्वदेशी तथा विदेशी फूलका बिरुवा रहेको बताए । राईले वर्षको १५ देखि २० लाख रुपियाँसम्म आम्दानी हुने गरेको बताए ।
प्रतिक्रिया