मधेश प्रदेशको होटल तथा पर्यटन व्यवसायी महासङ्घको अध्यक्षमा गौतम

१ महिना अगाडि

काठमाडौँ - होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशको अध्यक्ष पदमा हिरालाल गौतम तेस्रो पटक सर्वसम्मत चयन भएका छन् । 

सोमबार जनकपुरमा सम्पन्न होटल तथा पर्यटन व्यवसायी महासङ्घको दोस्रो अधिवेशनबाट उनी  सर्वसम्मतबाट अध्यक्ष पदमा चयन भएका हुन्। धनुषाको लालगढ र महोत्तरीको बर्दिवासस्थित गौतम होटलका सञ्चालक समेत रहेका गौतम मधेश प्रदेशमा रहेका होटल तथा पर्यटन क्षेत्र पहिचान गरी प्रवद्र्धन गर्दै आएका छन्। महासङ्घको अन्य पदाधिकारीमा बिष्णुकुमार साह वरिष्ठ उपाध्यक्ष, सुरेन्द्रकुमार भण्डारी उपाध्यक्ष, बैकुण्ठ सापकोटा महासचिव, दानबहादुर थापा कोषाध्यक्ष, तबरेज आलम सचिव, शिवराम राउत सहसहचिव, गोविन्द गहतराज सहकोषाध्यक्ष र सदस्यमा रामचन्द्र साहलगायतका सदस्यहरु चयन भएका छन् ।

१ महिना अगाडि

प्रतिक्रिया