दुई वटा निर्माण कम्पनी कालोसूचीमा, कुनै पनि खरिदमा भाग लिन नपाउने

मंगलबार, २० चैत्र २०८०, ०९ : ०७

काठमाडौँ। दुई वटा निर्माण कम्पनीलाई सरकारले कालो सूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगम कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम एक वर्षका लागि कालो सूचीमा राखिएको जनाएको छ ।

 सार्वजनिक निकायहरूबाट लेखी आए बमोजिम सोमबारको निर्णय अनुसार नरेश प्रसाद ओझा मुख्य व्यक्ति रहेको श्री जुगल बिल्डर्स कम्पनी प्रालिलाई ३ वर्ष र कान्ति देवी मिश्र मुख्य व्यक्ति रहेको श्री जेएमबिडी इन्टरनेशनललाई एक वर्ष, ६ महिनाका लागि कालो सूचीमा राखिएको हो । 

कालो सूचीमा राखिएकोले उक्त निर्माण व्यवसायीले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने सूचनामा उल्लेख गरिएको छ । 
 

मंगलबार, २० चैत्र २०८०, ०९ : ०७

प्रतिक्रिया