सुनको मुल्यमा सामान्य गिरावट, कतिमा हुदैँ कारोबार ?

१ महिना अगाडि

काठमाडौं-  नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको छ ।

सोमबार सुनको मूल्य बढेर नयाँ इतिहास कायम गर्दै छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३१ हजार ६०० रुपैयाँ पुगेको थियो ।

उक्त मूल्य आज चार सयले घटेर सुनको मूल्य एक लाख ३१ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३० हजार ५५० रुपैयाँ कायम भएको छ । साथै, चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला १५ सय ४५ रुपैयाँ कायम भएको छ ।

१ महिना अगाडि

प्रतिक्रिया