दुई लघुवित्त एक आपसमा मर्ज हुदैँ

मंगलबार, २० चैत्र २०८०, १२ : ०६

काठमाडौँ- जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) कार्यका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुवै संस्थाबीच मर्जर कार्यका लागि चैत १८ गते आइतबार साझ ५ बजे अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।  

दुवै संस्थाको गत चैत ९ गते सम्पन्न बेग्ला बेग्लै साधारण सभाले मर्जरको प्रस्ताव पारित गरेका थिए । जाल्पा सामूदायिक लघुवित्तले १ सेयर र किसान लघुवित्तले ०.८८३४ सेयर प्राप्त गर्ने अर्थात १ः०.८८३४ सेयर स्वाप अनुपातमा मर्जरमा जाने प्रस्ताव पारित भएको हो । 

मंगलबार, २० चैत्र २०८०, १२ : ०६

प्रतिक्रिया