अलैँचीको मूल्यवृद्धिले किसानलाई फाइदा

१ महिना अगाडि

काठमाडौँ - अलैँचीको कारोबार हुने मुख्य मौसम गुज्रेपछि भएको मूल्यवृद्धिले किसानभन्दा व्यापारीलाई राम्रो फाइदा भएको छ ।

ताप्लेजुङमा हिजोआज अलैँची प्रतिमन (४० किलोग्राम) ८३ हजार रुपियाँसम्ममा कारोबार भइरहेको छ । पछिल्लो समय अलैँचीको मूल्य निरन्तर वृद्धि भइरहेको र मूल्यवृद्धि हुँदा व्यापारीले बढी फाइदा लिन सफल भएका छन् । मङ्सिर, पुस र माघ महिना अलैँचीको मुख्य कारोबार हुने मौसम मानिन्छ । मुख्य कारोबार हुने मौसम बितिसकेपछि अलैँचीको मूल्यवृद्धि भइदिँदा यसको फाइदा व्यापारीलाई भएको हो । यस वर्ष अलैँची बजारमा निस्कन थाल्दा प्रतिमन ५५ हजार रुपियाँसम्ममा कारोबार भएको थियो । त्यसयता निरन्तर मूल्यवृद्धिको क्रमसँगै अहिले अलैँचीको मूल्य प्रतिमन ८३ हजार रुपियाँ पुगेको छ ।

खेतीमा संलग्न किसानले अलैँची बगानबाट निस्केपछि बजारमा पुर्‍याउने गर्दछन् । अलैँची बजारमा पुर्‍याएर चलनचल्तीको मूल्य काट्ने अर्थात् बिक्री गरिहाल्ने हाल्ने भएकाले किसानभन्दा व्यापारीलाई फाइदा हुने गरेको हो । अलैँची उत्पादक किसानले स्थानीय बजारमा तत्काल कारोबार हुँदै आएको मूल्य पाउने गरेका छन् । स्थानीय व्यापारीले भने जिल्ला बाहिरका व्यापारीसँग कारोबार गर्नुपर्दा केही समय पर्खनुपर्ने वा तत्काल कारोबार हुँदैन ।  अलैँची व्यापारका लागि केही समय पर्खनुपर्ने भएका कारण सोही समयमा मूल्यवृद्धि भएकोले व्यापारीलाई फाइदा भएको हो ।

१ महिना अगाडि

प्रतिक्रिया