विश्वकै महँगो चकलेट

१ महिना अगाडि

काठमाडौँ - तो’आक विश्वको सबैभन्दा महँगो चकलेट ब्रान्ड भएको दाबी कम्पनीले गरेको छ ।

 इक्वेडरमा बनाइने यो चकलेटका लागि चाहिने नासियोनल कोकोआ त्यहाँको पियद्रा दि प्लाटा उपत्यकाको १४ वटा फारममा मात्रै खेती गरिने बताइएको छ । ५० ग्रामको यो चकलेटको मूल्य ४९० डलर अर्थात् ६५ हजार ५३७ नेपाली रुपैयाँ पर्छ । यो चकलेटका लागि यो रकम तिर्नु लायक छ कि छैन भन्ने कुरा यसलाई खाने व्यक्तिले बताउन सक्लान् । तर विश्वको सबैभन्दा महँगो चकलेट भन्दा धेरैले तो’आक भन्छन् ।कम्पनीका सह–संस्थापक जेरी टोथले कम्पनीको ब्लगमा यसलाई विश्वको सबैभन्दा मूल्यवान चकलेट भएको दाबी गरेका छन् । चकलेटको सानो टुक्रालाई नै सयौं डलर पर्ने भनेपछि यो कस्तो इन्ग्रेडियन्टले बनाएको होला रु यो प्रश्न तपाईँको मनमा पनि उठेको होला ।

चकलेट महँगो हुनुको कारण एउटा मात्रै छैन । पहिलो कुरा त कम्पनीले यो चकलेट बनाउन उत्कृष्ट खालको नासियोनल कोकोआ मात्रै प्रयोग गर्नु हो । यो कोकोआलाई सन् २००९ मा नै संकटापन्नको सूचिमा राखिएको थियो । तर संयोगबस पियद्रा दि प्लाटा उपत्यकामा यो कोकोआका केही बोट भेटियो । पछि डीएनए परीक्षण गर्दा यो शतप्रतिशत नै नासियोनल कोकोआ भएको पाइयो । कम्पनीले कोकोआ किसानहरूलाई यसका लागि निकै ठुलो मूल्य तिर्ने गरेको छ । त्यसैले पनि चकलेट महँगो बनेको हो ।  त्यसपछि कुरा आउँछ चकलेट बनाउने प्रक्रियाको । यो कोकोआको दाना हातैले छानिन्छ । त्यसपछि ह्विस्की र कोग्न्याक बनाए जस्तै खालको प्रक्रिया अपनाइन्छ । यसबाट चकलेट तयार हुन केही महिनादेखि ८ वर्षसम्म लाग्छ । चकलेटको स्वाद बढाउन यसमा कम्बोडियन काम्पोट मरिच, इक्वेडरको पालो सान्तो बुड वा गालापागोस् सुन्तला जस्ता सुगन्धित वस्तु पनि हालिन्छ । 

१ महिना अगाडि

प्रतिक्रिया