१३ वर्ष मलेसियामा काम गरे सगरमाथा चढ्न

मंगलबार, २० चैत्र २०८०, १६ : १९

काठमाडौँ - पाँचथरका उदय केरुङले  सगरमाथा चढ्नकै लागि वैदेशिक रोजगारमा गएका छन्  ।

सगरमाथा चढ्ने उनको सपना पुरा गर्न उनले मलेसियामा १३ वर्ष काम गरे । सगरमाथा चढ्न लाग्ने पैसा जम्मा गरेर यसैवर्ष स्वदेश फर्किए । 'धेरै मानिस वैदेशिक रोजगारमा  घर खेत, सम्पति जोड्ने सपना बोकेर जान्छन्' तर उनले भने,"म सगरमाथा चढ्ने पैसा जम्मा गर्नकै लागि मलेसिया गए ।"  सगरमाथा चढ्न उनले ३० लाख बढी खर्च लाग्ने बताए । उनी अप्रिल ७ मा सगरमाथा चढ्दै छन् ।  उनले पाँच महिनाअघि मनास्लु हिमालको आरोहण गरेका थिए । 

मंगलबार, २० चैत्र २०८०, १६ : १९

प्रतिक्रिया