काठमाडौं । सगरमाथा लुम्बिनी इन्सुरेन्सको चैत २७ गते वार्षिक साधारण सभा बोलाएको छ। सभा,अमृतभोग कालिकास्थान,काठमाडौंमा बिहान ११ बजे सुरु हुने भएको ।
साधारण सभाले ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको छ। सभामा कम्पनीको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ। साथै, साभले संस्थापकबाट ४ र सर्वसाधारणबाट २ जना सञ्चालक निर्वाचित गर्नेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत १३ गते बुक क्लोज गरिसकेको छ । यसकारण लाभांश पाउन चैत १२ गतेसम्म सेयरधनी कायम भइसकेको हुनुपर्नेछ ।
प्रतिक्रिया