कुमारी बैंकको आज २३औँ वार्षिक उत्सव, विविध कार्यक्रम गरी मनाइँदै

बुधबार, २१ चैत्र २०८०, ०९ : ०८

काठमाडौं । सबैको लागि सधैंको लागी भन्ने नाराका साथ सञ्चालित कुमारी बैंक लिमिटेडले आज २३औँ वर्ष पार गरेको छ । बैंकले २३औँ वर्षको वार्षिक उत्सवको अवसरमा आज विभिन्न आन्तरिक कार्यक्रम गरी मनाउने भएको छ । 

वार्षिक उत्सवको अवसरमा बैंकले भोली बिहीबारका दिन विभिन्न स्थानमा रक्तदान कार्यक्रम गर्ने भएको छ । २३औँ वार्षिक उत्सवको अवसरमा बैंकले आफ्ना ग्राहक,शुभचिन्तक सबैमा शुभकामना प्रकट गरेको छ । 

हाल कुमारी बैंकले देशभर ३०२ शाखा, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६५ शाखारहित बैङ्किङ इकाई मार्फत बैङ्किङ सेवा दिँदै आएको छ।
 

बुधबार, २१ चैत्र २०८०, ०९ : ०८

प्रतिक्रिया