प्रतितोला १ लाख ३३ हजार रुपैयाँ पुग्यो सुनको मुल्य

१ महिना अगाडि

काठमाडौं -बुधबार सुनको भाउ ऐतिहासिक बिन्दुमा कारोबार भइरहेको छ । मंगलबार ४०० रुपैयाँले घटेको सुनको भाउ बुधबार १ हजार ८०० रुपैयाँ बढेर रेकर्ड कायम गरेको हो ।

बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको भाउ १ लाख ३१ हजार २०० रुपैयाँ तोकिएको थियो । यसअघि चैत १९ गते प्रतितोला १ लाख ३१ हजार ६०० रुपैयाँ पुगेर सुनको भाउले ऐतिहासिक बिन्दु कायम गरेको थियो । विगत केही महिनादेखि नै सुन र चाँदीको भाउ निरन्तर उकालो यात्रामा रहेको छ । अमेरिकी डलरको मूल्यमा देखिएको मजवुतिसँगै त्यसको प्रभाव सुनको मुल्यमा पर्दै गएको बिश्लेषकहरुले बताएका छन् । विश्वका केन्द्रीय बैंकहरूले विगतमा उच्च दरले खरिद बढाउँदा सुनको भाउमा वृद्धि भइरहेको व्यवसायीहरु बताउँछन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजावी सुन प्रतितोला १ लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजावी सुन प्रतितोला १ लाख ३० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, मंगलबार चाँदी प्रतितोला १ हजार ६१० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ५४५ रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँ बढेको छ । चाँदीको यो मूल्य पनि हालसम्म कै उच्च रहेको महासंघले जनाएको छ । अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तराष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस सुन २ हजार २८५ दशमलव ७९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २६ दशमलव ३९ डलरमा कारोबार भइरहेको छ ।
 

१ महिना अगाडि

प्रतिक्रिया