पर्यटकीय राजधानी पोखरामा महोत्सव हुने

४ हप्ता अगाडि

काठमाडौं- पर्यटकीय राजधानी पोखरामा महोत्सव हुने भएको छ । होटल संघ पोखराको आयोजनामा यही चैत्र २९,३० र वैशाख १ गते १९ औँ फेवा नव वर्ष महोत्सव २०८१ हुने भएको हो । 

संघका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार उक्त महोत्सव फेवातालको किनारस्थित स्थानीय ड्यामसाइड चोकदेखि खहरे चोकसम्मको सडकमा हुने भएको छ । पर्यटन, संस्कृति र खाना भन्ने नाराका साथ नेपाली मौलिक संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यले यो महोत्सव आयोजना गरिएको उनले जानकारी दिए ।

‘मेलाको समयमा हजारौँ पर्यटकहरू पोखरा पुग्ने गरेका छन् । यस वर्षको महोत्सव आन्तरिक र बाह्य पर्यटकका साथ मनाउने तयारी थालेका छौँ । तीन लाख पर्यटनले अवलोकन गर्ने आँकलन छ’, बुधवार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष सुवेदी भने ।  महोत्सवको अवसरमा पर्यटकीय सेवा सुविधामा पनि सम्बन्धित व्यवसायीका तर्फबाट छुट दिने भएको छ । यसका साथ होटलहरुको प्रकाशित दररेटमा २० प्रतिशत सम्मको छुट घोषण समेत गरिएको छ ।  

महोत्सवको तयारीका लागि २१ वटा विभिन्न समिति गठन गरी एरिया संयोजक समेत तोकिएको छ । महोत्सवमा विविध सांस्कृतिक झाँकी, नृत्य र खानाका स्टल पनि राखिने भएको छ । महोत्सवका प्रमुख आकर्षणहरूमा  गण्डकी प्रदेशमा रहेका रैथाने खानादेखि लोकदोहोरी र प्रख्यात कलाकारबाट पप कन्सर्ट समेत रहेको छ ।    

 

४ हप्ता अगाडि

प्रतिक्रिया