साझा सेवा पेट्रोल पम्पले २४सै घण्टा पेट्रोलियम पदार्थ वितरण गर्ने

विहीबार, २२ चैत्र २०८०, ०९ : ०२

काठमाडौँ । साझा सेवा सहकारीद्वारा सञ्चालित बल्खुस्थित पेट्रोल पम्प २४सै घण्टा पेट्रोलियम पदार्थ वितरणको सुरुआत गरिएको छ। एक समारोहका बीच उक्त सेवाको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका हुन । 

कार्यक्रममा मन्त्री भण्डारीले साझाको गर्विलो इतिहासको स्मरण गर्दै साझालाई राज्यले प्राथमिकता नदिँदा पछाडि परेको बताए । नेपाल आयल निगमको धुमलिएको छविलाई सुधार गर्नुपर्नेमा मन्त्री भण्डारीले जोड दिएका छन्।

उनले निगमको सेवा प्रवाहलाई अझै भरपर्दो बनाउनुपर्नेमा जोड दिँदै सेवा प्रवाह, शुद्धता, चुहावटलगायत सबै कुरामा सुधारको खाचो औँल्याए । मन्त्री भण्डारी आयल निगमलाई समयसापेक्ष प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए।

मन्त्री भण्डारीको निर्देशनमा आयल निगमले साझा सहकारीलाई गरेको आग्रह बमोजिम पेट्रोलियम पदार्थ वितरण चौबीसै घण्टा गर्ने सुरुआत गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिएका छन् ।

ठाकुरका अनुसार मन्त्रीको निर्देशन बमोजिम क्रमशः साझा तथा अन्य पेट्रोल पम्पबाट पनि सेवालाई चौबीसै घण्टा गरिने छ । कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टलगायतको सहभागिता थियो । 

विहीबार, २२ चैत्र २०८०, ०९ : ०२

प्रतिक्रिया