काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समितिको बुधबार बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो। संस्थाले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ । कम्पनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट १५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया