सुनको मुल्यमा ऐतिहासिक रेकर्ड, कतिमा हुदैँछ कारोबार ?

१ महिना अगाडि

काठमाडौं- सुनको भाउले बिहीबार पनि नयाँ उचाइ कायम गरेको छ । विगत केही महिनादेखि नै सुन र चाँदीको भाउ निरन्तर उकालो यात्रामा रहेको छ ।

अमेरिकी डलरको मूल्यमा देखिएको मजवुतिसँगै त्यसको प्रभाव सुनको मुल्यमा पर्दै गएको बिश्लेषकहरुले बताएका छन् । यस्तै, विश्वका केन्द्रीय बैंकहरूले विगतमा उच्च दरले खरिद बढाउँदा सुनको भाउमा वृद्धि भइरहेको व्यवसायीहरु बताउँछन् ।

बुधबार १ लाख ३३ हजार रुपैयाँ पुगेर ऐतिहासिक बिन्दुमा कारोबार भएको छापावाला सुनले बिहीबार पनि अर्को उचाइ कायम गरेको हो । बिहीबार सुनको भाउ एक हजार रुपैयाँले बढेको छ । बुधबार सुनको भाउ प्रतितोला १ हजार ८०० रुपैयाँले बढेको थियो । बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजावी सुन प्रतितोला १ लाख ३३ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुन प्रतितोला १ लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, बिहीबार चाँदी प्रतितोला १ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ६१० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तराष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस सुन २ हजार २९८ दशमलव ०२ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २७ दशमलव ०७ डलरमा कारोबार भइरहेको छ ।

१ महिना अगाडि

प्रतिक्रिया