होटल चितवनको व्यापारमा दोहोरो अंकको वृद्धि

१ महिना अगाडि

काठमाडौँ - चौधरी ग्रुपको होटल चितवन प्रालिको व्यापार दोहोरो अंकले बढेको छ ।

 होटेलले सन् २०२३ मा १२ करोड ८४ लाख रुपैयाँ बराबर व्यापार गरेको छ । जुन अघिल्लो वर्ष २०२२ को तुलनामा १२.३३ प्रतिशत बढी हो ।  होटलले यस अघि सन् २०२२ मा ११ करोड ४३ लाख रुपैयाँ, सन् २०२१ मा ९ करोड ७७ लाख रुपैयाँ र सन् २०२० मा ७ करोड ४३ लाख रुपैयाँको व्यापार गरेको थियो । हाल होटल चितवनले ४८ वटा कोठाको सुविधा तथा १ लाख ८० हजार स्क्वायरफिट क्षेत्रफलमा ७० वटा रिटेल स्टोरको मल्टिप्लेक्सको सुविधा दिँदै आएको छ ।


 

१ महिना अगाडि

प्रतिक्रिया