सरकारी ढुकुटीमा २ खर्बभन्दा बढी नगद मौज्दात

१ महिना अगाडि

काठमाडौँ - चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सरकारी ढुकुटीमा २ खर्बभन्दा बढी नगद मौज्दात रहेको छ । 

नेपाल राष्ट्र बैंकले बिहीबार जारीको वित्तीय रिपोर्ट अनुसार २०८० फागुन मसान्तसम्म विभिन्न बैंकमा रहेको सरकारी खातामा कूल २ खर्ब ४ अर्ब ९६ करोड रुपैयाँ नगद मौज्दात रहेको हो । यद्यपि, यो सङ्घीय सरकारको मात्र नभएर प्रदेश सरकार तथा स्थानीय तहहरूको समेत हो । २०८० असार मसान्तमा यस्तो नगद मौज्दात ६५ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो ।

१ महिना अगाडि

प्रतिक्रिया