देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती ( पुर्णपाठ सहित )

१ महिना अगाडि

काठमाडौं- नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार चालु आर्थिक वर्षको ८ महिनामा नेपालमा भित्रने रेमिट्यान्स २१ प्रतिशतले बढेको हो ।

राष्ट्र बैंकका अनुसार चालु आवको ८ महिना अर्थात् फागुन मसान्तसम्म ९ खर्ब ६१ अर्ब २२ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले वृद्धि भई ७ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।
वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ भने आयात २.७ प्रतिशत, निर्यात ४.० प्रतिशत र कुल वस्तु व्यापार घाटा २.५ प्रतिशतले घटेकोछ । फागुन समान्तसम्ममा शोधनान्तर स्थिति ३२७ अर्ब ५५ करोडलेबचतमा रहेको छ ।

यता, कुल विदेशी विनिमय सञ्चिति १८७२ अर्ब ८२ करोड र अमेरिकी डलरमा १४ अर्ब १४ करोड रहेको छ भने नेपाल सरकारको खर्च ८०१ अर्ब ५८ करोड र राजस्व परिचालन ६३९ अर्ब ५ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ७.७ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.० प्रतिशतले बढेको छ भने बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.६ प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा ४.२ प्रतिशतले बढेकोछ ।
 

१ महिना अगाडि

प्रतिक्रिया