सेयरधनीको हात खाली बनाएको सानिमा जीआइसी इन्स्योरेन्सको साधारणसभा चैत २९ गते

१ महिना अगाडि

काठमाडौं- सेयरधनीको हात खाली बनाएको सानिमा जीआइसी इन्स्योरेन्सले चैत २९ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीले सेयरधनीलाई लाभांश नदिएपनि सभामा ५० करोड रुपैयाँ हकप्रद सेयर निष्कासन गर्र्ने प्रस्ताव पेश गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ । सभामा कम्पनीको आर्थिक वर्ष २०७९८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाहका विषयमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले चैत १५ गते बुक क्लोज गरिसकेको छ । चैत १४ गतेसम्म सेयरधनी कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् । सभा, अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

१ महिना अगाडि

प्रतिक्रिया