चेक बाउन्सको मुद्धामा नयाँ व्यवस्था

१ महिना अगाडि

काठमाढौं – चेक बाउन्ससम्बन्धी बैंकिङ कसुर मुद्दाको अनुसन्धानमा सरकारले नयाँ व्यवस्था गरेको छ । यस सम्बन्धमा महान्यायाधिवक्ता कार्यालयले नयाँ सर्कुलर जारी गरेको छ । जसअनुसार अब चेक बाउन्स गराएको शाखा रहेको जिल्लाबाट मात्र अनुसन्धान हुने भएको छ । 

उक्त सर्कुलर अनुसार एउटा जिल्लाबाट भएका अनुसन्धान हालै बाउन्स गराएको जिल्लामा अनुसन्धान प्रतिवेदन पठाउन थालिएको छ । महान्यायाधिवक्ता कार्यालयको सर्कुलरअनुसार अब जाहेरी दर्ता र अनुसन्धान सम्बन्धित जिल्लाबाटै हुने बताइएको छ ।

यस अघि चेक बाउन्सका मुद्दा उच्च अदालतले हेर्नेमा केही महिनायता जिल्ला अदालतले हेर्न थालेका छन् । जसअनुसार अपराधको वारदत तय गर्न चेक बाउन्स गराएको शाखाका आधारमा प्रहरीले अनुसन्धान गर्न थालेको हो । 

अबदेखि पीडितले आफूअनुकूल जिल्लामा चेक बाउन्स गराउन सक्छन् । उपत्यका बाहिरको शाखाको चेक भए पनि उपत्यकाका जिल्लामा बाउन्स गराए उपत्यकामै अनुसन्धान हुनेछ । यसले उपत्यकाका प्रहरी कार्यालयमा भने चेक बाउन्सका उजुरीको चाप अझै बढ्ने सम्भावना छ । 
 

१ महिना अगाडि

प्रतिक्रिया