सानिमा बैंकको दराजसंग “नव बर्ष उत्सव” योजनाका लागि सहकार्य

१ महिना अगाडि

 काठमाडौँ - सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग “नव बर्ष उत्सव” योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । 

योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सकिन्छ । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम् रु ५००\- सम्म तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् रु ७५०\- सम्मको छुट प्राप्त गर्न सक्ने छन् । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा छुट प्रदान गरेको छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुं पर्ने बैँकले बताएको छ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी (EMI) सुविधा पनि प्राप्त गर्न सकिन्छ  ।

यो योजना २०८०, चैत्र २२ देखि २०८१, बैशाख ६ गतेसम्म लागू गरीएको छ  ।सानिमा बैँकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट (shopping outlet) , होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको बैँकले जनाएको छ ।

१ महिना अगाडि

प्रतिक्रिया