सुनको भाउ घट्यो

४ हप्ता अगाडि

काठमाडौँ - आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । 

 शुक्रबार  सुनको भाउ प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार प्रतितोला १ लाख ३४ हजार रुपैयाँ पुगेको सुनको भाउ आज घटेर १ लाख ३२ हजार ७ सय रुपैयाँमा झरेको हो । त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ३३ हजार ३ सय ५० रुपैयाँ रहेकोमा आज घटेर १ लाख ३२ हजार ५० रुपैयाँ कायम भएको छ ।

त्यस्तै चाँदी  प्रतितोला ३५ रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यस अघि प्रतितोला १ हजार ६ सय ५० रुपैयाँ रहेको चाँदीको भाउ घटेर आज १ हजार ६ सय १५ रुपैयाँमा झरेको हो । 

४ हप्ता अगाडि

प्रतिक्रिया