निजी क्षेत्रमा प्रवाहित कर्जा ४.२ प्रतिशतले वृद्धि

१ महिना अगाडि

काठमाडौँ - चालु आर्थिक वर्षको ८ महिनाको वित्तीय रिपोर्ट हेर्दा निजी क्षेत्रतर्फ प्रवाहित कर्जाको हिस्सा ४.२ प्रतिशतले वृद्धि भएको छ । 

अघिल्लो आर्थिक वर्ष २०७९\८० को फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब २८ अर्ब १८ करोडले बढेको थियो । तर, यो वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले करिब २ खर्ब ९१ खर्ब ९९ अर्ब ५० करोड० रुपैयाँले लगानी वृद्धि गर्दै ५० खर्ब बढी लगानी गरेका छन् ।   तथापि, २०८० फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर-वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.२ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.६ प्रतिशत र ३५.४ प्रतिशत रहेको थियो । तुलनात्मक रूपमा समीक्षा अवधिमा व्यक्तिगत तथा घरपरिवार क्षेत्र (कन्जम्सन लोन) मात्र १.४ प्रतिशत विन्दुले बढेको छ । प्रतिशतमा हेर्ने हो भने यो ३.९५ प्रतिशतको वृद्धि हो ।  समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४.२ प्रतिशतले, विकास बैंकहरुको ३.५ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह ३.९ प्रतिशतले बढेको छ ।

१ महिना अगाडि

प्रतिक्रिया