गुगलमा अब सर्च गरेको पनि पैसा लाग्ने

शुक्रबार, २३ चैत्र २०८०, १५ : ४७

काठमाडौँ -  गुगलले अब आफ्नो सेवाको  प्रिमियम ल्याउने विचार गरेको छ । 

कम्पनीले सर्च गर्ने यूजरलाई पनि पैसा तिराउने भएको हो ।  गुगलले आफ्नो जेनेरेटिभ सर्च अर्थात् सर्च जेनेरेटिभ एक्सपिरियन्स ९एसजीई०लाई सशुल्क बनाउन लागेको छ । यो सेवा आएपछि प्रयोगकर्ताले एआई रिजल्टका लागि पैसा तिर्नु पर्नेछ । गुगलले आफ्नो एआई सर्च टुलका लागि पैसा लिने विचार गरिरहेको छ । यस विषयमा गुगलको तर्फबाट भने अहिलेसम्म कुनै आधिकारिक बयान आएको छैन । धेरैजसो एआई कम्पनीहरूले आफ्नो एआई टुलका लागि पैसा लिइरहेका छन् ।

कम्पनीहरूले एआइ टुलको विकास गर्न ठुलो खर्च गरेका छन् । सो खर्चको भर्पाई गर्न कम्पनीहरूले पैसा लिइरहेका छन् ।गुगलको सामान्य सर्च इञ्जिन भने सधैँका लागि निःशुल्क नै रहनेछ । तर जेनेरेटिभ एआई सर्चको प्रयोग गर्दा भने पैसा लाग्नेछ । गुगल एप खोल्दा कुनामा रातो डट भएको जार देख्नुहुन्छ नि यही नै जनरेटिभ एआई खोज हो । गुगलले यूजरहरुलाई प्रिमियम सेवा दिन विज्ञापन मुक्त सर्च टुलमा पनि काम गरिरहेको बताएको छ । 

शुक्रबार, २३ चैत्र २०८०, १५ : ४७

प्रतिक्रिया