कृषि विकास बैंकका ग्राहकले अब ‘एडिबिएल स्मार्ट एप’बाटै कर्जा लिन सक्ने

३ हप्ता अगाडि

काठमाडौँ - कृषि विकास बैंकले ‘एडीबीएल स्मार्ट एप’मार्फत कर्जाको नयाँ सुविधा ल्याएको छ।

 यस सुविधामार्फत योग्य ग्राहकले दुई लाख रुपैयाँसम्म प्रत्यक्ष रूपमा आफ्नै मोबाइल बैंकिङ एपबाट बिना धितो, कुनै कागजी कार्य तथा बैंक भ्रमण नगरी तुरुन्तै कर्जा प्राप्त गर्न सक्ने । बैंकमा तलबी प्रकारका खाता भएका योग्य ग्राहकहरूले बैंकले तोकेको सीमाअनुसार आफ्नो मोबाइल बैंकिङ एपबाट नै कर्जा लिन सकिने बताइएको छ । कर्जाको भुक्तानी अवधि इएमआई आधारमा ३, ६, ९ र १२ महिना तय गर्न सक्नेछन् । पूर्व भुक्तानीको विकल्प पनि रहने बैंकले जानकारी दिएको छ । एडीबीएल इन्स्ट्यान्ट फोनलोन योग्य ग्राहकहरूले बाई नाओ, पे लेटर ९बीएनपीएल० सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

बीएनपीएल सुविधाको प्रयोग कुनै पनि फोन पे मर्चेन्टमा क्युआर पेमेन्टको समयमा क्रेडिट भुक्तानी गर्न प्रयोग गर्न सकिन्छ । यसबाट ग्राहकले आफूलाई चाहिएको सामानको खरिद गर्न अनुमति दिन्छ र यसलाई निर्धारित समयभित्र मासिक किस्तामा भुक्तानी गर्नुपर्ने हुन्छ । यस सेवा प्रयोग गर्न ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपमार्फत प्रमाणित इमेल ठेगाना उपलब्ध गराएर सजिलैसँग एडीबीएल इन्स्ट्यान्ट फोनलोनमा रजिस्टर गर्न सक्नेछन् ।कर्जाको योग्यता बैंकद्वारा विभिन्न मापदण्डहरू जस्तैः बैंकमा तलबी खाता हुनुपर्ने, बैंक खाताबाट नियमित कारोबार भएको हुनुपर्ने, बैंकसँग भाखा नाघेको कर्जा नभएको लगायतका आधारमा सफ्टवेरमार्त् तय गरिने बताइएको छ ।योग्य ग्राहकको मोबाइल बैंकिङ एपभित्र फोनलोन ब्यानर र रजिस्टर बटम देखा पर्नेछ । ग्राहकहरूले एक पटक दर्ता र इमेल प्रमाणित गरेपछि इन्स्ट्यान्ट फोनलोनका सबै सेवाहरू प्राप्त गर्न सक्नेछन् । यो सेवा सुरू गरेपछि सरकारी बैंकहरूमध्ये फोनलोन सेवा सञ्चालनमा ल्याउने कृषि विकास बैंक पहिलो समेत बनेको बैंकको दाबी छ ।

सो अवसरमा फोनलोनका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले भने, ‘हाम्रो मुख्य लक्ष्य फोनलोन मार्फत डिजिटल लोन प्रदान गरी लोन प्रक्रियालाई सहज गर्ने र आर्थिक आवश्यकताहरूमा तुरन्तै आफ्नो मोबाइल बैंकिङबाटै लोन उपलब्ध गरी ग्राहकलाई सजिलो बनाउनु हो। साथै ग्राहकहरुले बैंक नगई र बिना धितो जुनसुकै बेला पनि लोन लिन सक्छन्।’ यसैगरी कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकको एपमा फोनलोनको सुचारु भएसँगै अब लोन लिन बैंक आउनु नपर्ने र बिना कुनै कागजात र धितो ग्राहकहरुले २ लाख रुपैयाँसम्मको लोन आफ्नै मोबाइल बैंकिङबाटै लिन सक्ने बताएका छन् ।

३ हप्ता अगाडि

प्रतिक्रिया