महिला उद्यमशीलताका लागि ‘छोरी आत्मनिर्भर’

३ हप्ता अगाडि

काठमाडौँ - सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत् ‘छोरी आत्मनिर्भर’ कार्यक्रम ल्याउने तयारी गरेको छ ।

 महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगबती चौधरीले सो कार्यक्रमबारे तयारी भइरहेको बताईन् । मन्त्री चौधरीले महिलालाई उद्यमशिलतामा जोड्न  ‘छोरी आत्मनिर्भर’ कार्यक्रम ल्याउन लागिएको बताईन । विराटनगरमा सुरू भएको महिला उद्यमशिलता प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री चौधरीले महिला उद्यमीका लागि पनि विशेष कार्यक्रम ल्याउने योजना अघि बढिरहेको बताईन । निजी क्षेत्रले केही नयाँ कार्यक्रममार्फत महिलालाई उद्यमी बनाउने योजना ल्याए मन्त्रालयले सहकार्य गर्ने पनि उनीले चर्चा गरिन् । 

‘महिलालाई उद्यमशिलतामा जोड्ने योजना बनाइरहेका छौं । मुलुकको ७ सय ५३ वटा स्थानीय तहका ६ हजार ७ सय ४३ वटै वडामा बीउ पूँजीसहित छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्ने सरकारको योजना छ । यसले देशमा महिला उद्यमशिलताको मात्र विकास गर्दैन हज्जारौं महिलालाई आत्मनिर्भर पनि बनाउन सफल हुनेछ’ उनीले भनिन् । महिला आर्थिक, सामाजिक, शारीरिक र मानसिक रुपमा पीडित रहेको उल्लेख गर्दै मन्त्री चौधरीले बताईन्  ।

महिला अधिकार, सशक्तिकरणका बारेमा ठूला पाँचतारे होटलमा हुने सेमिनार र गोष्ठिजस्ता कार्यक्रमले ग्रासरूटमा रहेका महिलालाई नछोएको भन्दै मन्त्री चौधरीले स्थानीय तहमै गएर महिलाका पीडा सुन्न अनुरोध गरिन् ।‘तारे होटलमा जम्मा गराएर यसो र उसो गर्नुपर्छ भन्दै भाषण गरेर मात्र उनीहरुको सीप विकाससहित आर्थिक र सामाजिक विकास नह्ने उनीको भनाइ छ। हरेक वडामा ५ देखि १० जना छोरीलाई दुई तीन वर्षसम्म ऋण तिर्न नपर्ने शर्तमा बीउ पूँजीको व्यवस्था गरेर प्याकेजमै सीप विकास कार्यक्रम सञ्चालन गर्ने मन्त्री चौधरीले योजना सुनाईन् । त्यसका लागि उनीले मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, प्रधानमन्त्री समेतलाई अवधारणा बुझाइसक्नु भएको छ । चौधरीको योजना आगामी आर्थिक वर्षमा लागू भए एकै पटक देशभर महिला आर्थिक सशक्तिकरणको अभियानमा जोडिने छन् ।

३ हप्ता अगाडि

प्रतिक्रिया