डिप्रोक्स लघुवित्तको वार्षिक साधारण सभा १० बजे सुरु हुँदै, यस्तो छ एजेन्डा

३ हप्ता अगाडि

काठमाडौं । आज आईतवार डिप्रोक्स लघुवित्तको वार्षिक साधारण सभा बस्ने भएको छ । सभा पार्क सफारी रिसोर्ट सौराहा, चितवनमा बिहान १० बजे सुरु हुनेछ।

 सभाले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव भएको १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ। 

सभा प्रयोजनका लागि कम्पनीले चैत १५ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, चैत १४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्।

३ हप्ता अगाडि

प्रतिक्रिया