आजदेखि प्रभु बैंक र स्वावलम्बन लघुवित्तको संस्थापक सेयर लिलामी बिक्री खुला

आइतबार, २५ चैत्र २०८०, ०९ : ४३

काठमाडौँ । आज (चैत २५) गतेबाट प्रभु बैंक र स्वावलम्बन लघुवित्तको संस्थापक सेयर लिलामी बिक्री खुला भएको छ। 

जस अनुसार प्रभु बैंकको ६१ हजार ७६२ कित्ता सेयर रहेको छ। यसमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्ने कम्पनीले जनाएको छ।

 यस्तै, स्वावलम्बन लघुवित्तको १४ हजार ७१० कित्ता संस्थापक सेयर पनि लिलामीमा ल्याएको छ। जसमा न्यूनतम ३५० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ।

दुवै कम्पनीको लिलामी सेयरमा कम्पनीका संस्थापक शेयर धनी वा अन्य संघसस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । दुवै कम्पनीको लिलामीमा वैशाख १६ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ ।

आइतबार, २५ चैत्र २०८०, ०९ : ४३

प्रतिक्रिया