थ्रीस्टार हाइड्रोपावरको वार्षिक साधारण सभा वैशाख २३ गते

३ हप्ता अगाडि

काठमाडौं- थ्रीस्टार हाइड्रोपावर कम्पनीले वैशाख २३ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ ।

यो पटक कम्पनीले सेयरधनीको हात खाली बनाएको छ । सभामा कम्पनीले हकप्रद सेयर निष्कासन प्रस्ताव पेश गर्नेछ ।

सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्नेछ ।
सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

सभा प्रयोजनका लागि वैशाख ७ गते बुक क्लोज गर्ने भएका् छ । वैशाख ६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन् । सभा जर्मन होम्स गठ्ठाघर भक्तपुरमा बिहना ११ बजेदेखि सुरु हुनेछ ।

३ हप्ता अगाडि

प्रतिक्रिया