ऐतिहासिक वृद्धिसँगै सुनको मूल्य पुग्यो प्रतितोला एक लाख ३५ हजार ६०० रुपैयाँ

३ हप्ता अगाडि

काठमाडौं- नेपालमा पहेँलो धातु सुनको मूल्य बढेर एक लाख ३५ हजार ६०० रुपैयाँ कामय भएको छ ।

आज आइतबार भएको ऐतिहासिक वृद्धिसँगै सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ६०० रुपैयाँ पुगेको हो । आज छापावाला सुन तोलामा दुई हजार ९०० रुपैयाँले बढेको छ । यसअघि शुक्रबार प्रतितोला एक लाख ३२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन तोलामा दुई हजार ९०० रुपैयाँले नै बढेर प्रतितोला एक लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ ।

३ हप्ता अगाडि

प्रतिक्रिया