बढ्यो मोबाइल बैंकिङ कारोबार

१ महिना अगाडि

काठमाडौँ - पछिल्लो ८ महिनामा मोबाइल बैंकिङ कारोबार ७८ प्रतिशतले बढेको छ । 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा मोबाइल बैंकिङमार्फत कूल २ खर्ब ९१ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको हो । २०७९ असार मसान्तसम्ममा यस्तो मोबाइल बैंकिङमार्फत १ खर्ब ६३ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । समीक्षा अवधिमा १ खर्ब २८ अर्ब ६९ करोड रुपैयाँले कारोबार बढेको हो ।राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ता ९यूजर० हरुको सङ्ख्या २ करोड ३७ लाख ८३ हजार पुगेको छ ।

अघिल्लो वर्षको असार मसान्तसम्म यस्तो सङ्ख्या १ करोड ८३ लाख ७ हजार रहेको थियो । यसैगरी, समीक्षा अवधिमा १ करोड ८७ लाख ४९ हजार बराबरका इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरूमार्फत १४ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको बैंकले जनाएको छ । गत असार मसान्तमा १ करोड ६८ लाख ४३ हजार इन्टरनेट प्रयोगकर्ताहरूमार्फत १५ अर्ब ६३ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । तुलनात्मक रूपमा यो वर्ष इन्टरनेट बैंकिङ प्रयोगकर्ता र कारोबार दुवै घट्न पुगेको हो । 
 

१ महिना अगाडि

प्रतिक्रिया