सार्वजनिक ऋण व्यवस्थापन कार्यालय ट्रेजरी बोलकबोल गर्दै

३ हप्ता अगाडि

काठमाडौँ - सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज २१ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । 

चैत २७ गते मंगलबार जारी गर्नेगरी कार्यालयले २८ दिने, ८१ दिने र ३६४ दिने गरी तीन किसिममा उक्त ट्रेजरी बोलकबोल गर्ने भएको हो ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कूल रकम मध्ये समान ८\८ अर्ब रुपैयाँ २८ दिने र ९१ दिनेका लागि बिक्री गरिनेछ भने ३६४ दिनेका लागि ५ अर्ब रुपैयाँ बिक्री गरिनेछ । यद्यपि, सबै ट्रेजरी नयाँ नभएर पुरानै नवीकरण गर्न लागिएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो ३ बजेभित्र आवेदन दिन सक्नेछन् । प्राप्त निवेदनहरूका आधारमा ट्रेजरीको बोलकबोल आजै हुने कार्यालयले जनाएको छ । यसअघि कार्यालयले चैत १९ गते १३ अर्ब ५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । 

३ हप्ता अगाडि

प्रतिक्रिया