हिमालयन क्यापिटलले खुलामुखी म्युचुअल फन्ड ल्याउँदै

३ हप्ता अगाडि

काठमाडौं - हिमालयन क्यापिटलले खुलामुखी सामुहिक लगानी कोषको योजना पनि सञ्चालन गर्ने भएको छ ।

हाल हिमालयन ८०-२० नामको बन्दमुखी म्युचुअल फन्ड सञ्चालन गरिरहेको क्यापिटलले खुलामुखी फन्ड समेत सञ्चालन गर्ने भएको हो। खुलामुखी सामुहिक लगानी कोष योजना सञ्चालन गर्न क्यापिटलले चैत्र १९ गते पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। क्यापिटलले हिमालयन म्युचुअल फण्ड अन्तर्गत रहने गरि एक अर्बको आकारमा ‘हिमालान दिर्घकालिन बचत योजना’नामक खुलामुखी फन्ड सञ्चालन गर्ने भएको हो।बोर्डबाट अनुमति पाएपछि क्यापिटलले उक्त खुलामुखी योजनाको इकाई निष्काशन गर्ने छ। सुरुवातमा एक अर्बको आकारमा सञ्चालनमा आउन लागेको फन्डको योजना व्यवस्थापक हिमालयन क्यापिटलले प्रति इकाई १० रुपैयाँका दरलेले फन्डको १० करोड इकाई निष्काशन गर्ने छ।

 
 

३ हप्ता अगाडि

प्रतिक्रिया