सुनको मूल्यमा आज पनि नयाँ  रेकर्ड

३ हप्ता अगाडि

काठमाडौं- साताको दोस्रो दिन पनि सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । सुनको मूल्य आज तोलामा चार सय रुपैयाँले बढेको छ ।

आज सोमबार भएको ऐतिहासिक वृद्धिसँगै सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार २०० रुपैयाँ पुगेको हो ।

आज छापावाला सुन तोलाको एक लाख ३६ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी संघले जनाएको छ । आइतबार प्रतितोला एक लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन तोलाको एक लाख ३५ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको छ ।


 

३ हप्ता अगाडि

प्रतिक्रिया