भोली बिहान कुमारी बैंकको सेवा बन्द

३ हप्ता अगाडि

काठमाडौं - भोली (मंगलबार)  बिहान कुमारी बैंकका सम्पूर्ण सेवा बन्द हुने भएको छ ।

बैंकले कार्ड सिस्टमको सफ्टवेयर अपग्रेड गर्नु पर्ने भएकोले सेवा बन्द गर्न लागिएको हो । बैंकले जारी गरेको सूचनामा भनिएको छ, ‘चैत्र २७ गते मंगलबार बिहान ५ः४५ बजेदेखि ७ः३० बजेसम्म कुमारी बैंक लिमिटेडको कार्ड सिस्टमको सफ्टवेयर अपग्रेड सम्बन्धी कार्य हुन गइरहेकोले उल्लेखित कार्यबाट यस बैंकका कार्ड, एटिएम, पिएसओ सम्बन्धी सम्पूर्ण सेवाहरू अवरुद्ध हुने जानकारी गराइन्छ ।’ तर, यस समयमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, आइपीएस लगायत अन्य विद्युतीय भुक्तानीमा सेवाहरू भने सञ्चालन हुने बैंकले जानकारी दिएको छ । 

३ हप्ता अगाडि

प्रतिक्रिया