कामना सेवाद्वारा "KSBBL: Financial Footsteps" भिडियो श्रृङ्खला सार्वजनिक

३ हप्ता अगाडि

काठमाडौँ - कामना सेवा विकास बैंकले वित्तीय साक्षरता सन्देशमूलक भिडियो सिरिज "KSBBL: Financial Footsteps” को टिजर भिडियो सार्वजनिक गरेको छ ।

नयाँ वर्षको अवसरमा बैंकले उक्त सन्देशमूलक भिडियो श्रृङ्खला सार्वजनिक गरिने बैंकले जनाएको हो  । १३ वटा श्रृङ्खला भएको सो भिडियो विभिन्न आर्थिक चुनौतीहरु र माईलस्टोनहरु पार गर्दा सम्बन्धित पारिवारिक पात्रहरुको सेटको जिवनलाई पछ्याउँछ । प्रत्येक एपिसोडले वित्तीय योजनाका विभिन्न पक्षहरुमा जीवनको आवश्यकता र चाहना, बजेट, बचत, लगानी र ऋण व्यवस्थापनको महत्वलाई प्रस्तुत गरिएको छ ।

भिडियो श्रृङ्खलाको उद्धेश्य आकर्षक कथा-कथन मार्फत वित्तीय साक्षरता र योजनाको महत्व झल्काउने बैंकले बताएको  छ । सो भिडियो सिरिज प्रत्येक हप्ताको आईतबार बैंकको सामाजिक सञ्जाल मार्फत सार्वजनिक हुने बैंकले जनाएको छ। बैंकले बचत, ऋण तथा बैंकिङ कारोवार सम्बन्धी यस्ता वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ। डिजिटल प्रविधीलाई अधिकतम प्रयोग गर्दै आईरहेको कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानमा रहेका १३५ संजाल तथा ७७ वटा एटिएमवाट आफ्ना अत्याधुनिक सेवा सुविधा प्रदान गर्दै आईरहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्ः
https://youtu.be/VZJkYeRvV2A?si=HKArKyIxGge05D-0

३ हप्ता अगाडि

प्रतिक्रिया