नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभामा भारतीय लगानीकर्ता आउने

२ हप्ता अगाडि

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारणसभा तय भएको छ । 

उद्योग वाणिज्य दिवस उद्घाटन कार्यक्रममा आर्थिक सुधारका लागि राजनीतिक प्रतिबद्धता खोजिने महासंघको भनाई छ । यस पटकको साधारणसभामा भारतीय उद्योग परिसंघका प्रेसिडेन्ट देसिग्नेट सञ्जीव पुरी वक्ताका रुपमा रहनेछन्।

 साधारणसभामा भाग लिन पुरीको नेतृत्वमा भारतीय लगानीकर्ता सहभागी हुने महासंघले जनाएको छ । चैत २८ मा ८ः३० बजे तय भएको उद्घाटन कार्यक्रमपछि प्रमुख राजनीतिक दलहरुलाई निम्त्याइएको महासंघले जनाएको छ। 

२ हप्ता अगाडि

प्रतिक्रिया